Mero Chitwan
भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम

भरतपुर-भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले भरतपुर महानगरभित्र रहेका सहकारीमध्ये ३५ वटा सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम सञ्चालन गरेको छ । 

वरिष्ठ शाखा अधिकृत जीवलाल कुँवरको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा शाखा अधिकृत रोजी केसीले कार्यक्रममको औचित्यबारे प्रष्ट पार्दै भरतपुर महानगरमा रहेका सम्पूर्ण सहकारीलाई अब एउटै प्रविधिमा राख्ने र सहकारीका हरेक गतिविधि अब कोपोमिस सफ्टवेयरमार्फत लिने बताइन् । `कुनै पनि सूचनाहरू लिन यसले ठूलो भूमिका खेल्नेछ र महानगरका हरेक सहकारीको सूचना र सहकारीको गतिबिधि जान्न यो सफ्टवेयरबाट लाभदायी छ ।´ केसीले भनिन्, `यसमार्फत हरेक सहकारीको निगरानी राख्ने र कमजोर सहकारीलाई माथि उठाउन प्रयत्न समेत प्रयत्न गरिनेछ ।´

महानगर सहकारी शाखा वरिष्ठ सहायक सावित्री पौडेल चालिसेले तालिमको संयोजन गरेकी थिइन् । केन्द्रीय प्रशिक्षण विभागका प्रशिक्षक सन्दिप पौडेलले तालिमको सहजीकरण गरेका थिए । औपचारिक उद्घाटन सत्रमा भरतपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण सहकारीलाई प्रविधि मैत्री बनाउन र अहिलेको विषम परिस्थितिमा सहकारीमा कुनै पनि बिचलन आउन नदिन महानगरको सहकारी बिभागले ठुलो भुमिका खेलेको वरिष्ठ सहायक चालिसेले बताइन् । उद्घाटन सत्रलाई सुकदेव ढकालले सञ्चालन गरेका थिए भने तालिम अवधि २६ र २७ गते २ दिन थियो ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update