Mero Chitwan
लगानी सम्मेलनमा चितवनका कुन–कुन परियोजना  प्रस्तुत गरिँदैछन् ?

काठमाडौं–यही वैशाख १६ र १७ गते आयोजना गरिने तेस्रो लगानी सम्मेलनमा शो केस (प्रदर्शन)मा राखिने आयोजनामा चितवनका आयोजना पनि परेका छन् । 

आशयपत्र आह्वान गरिने २० परियोजनामध्येमा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग परेको छ । यो परियोजना बनाउन निश्चित अवधि राखेर सम्मेलनमा आशयपत्र आह्वान हुनेछ भने तोकिएको अवधिभित्र परियोजना निर्माण गर्न इच्छुक लगानीकर्ताले प्रस्ताव पेस गर्न सक्नेछन्। 

यस्तै, मलेखु–लोथर सडक र शक्तिखोर औद्योगिक ग्राम 'मार्केटिङ साउन्डिङ' अन्तर्गतका परियोजनामा परेका छन् । सम्बन्धित परियोजनाको बजार देखाउने र बजार प्रतिक्रियाको मूल्यांकन गर्ने गरी यी परियोजनाको मार्केटिङ साउन्डिङ गरिनेछ । 

malekhu-lothar-1713401189.jpg
मलेखु-लोथर सडक ट्र्याक

अवधारणा बन्दै गरेका ३१ परियोजना पनि सम्मेलनमा प्रदर्शनमा राखिनेछन्। जसमा चितवनका बागमारा मनोरन्जनात्मक पार्क, चितवन–बुटबल द्रुतमार्ग तथा चितवन–पोखरा द्रुतमार्ग परियोजना रहेका छन् । यो परियोजनाको सम्भाव्यताबारे जानकारी दिएर इच्छुक लगानीकर्तासँग आवश्यक समझदारी गरिनेछ भने समझदारीपछि लगानीकर्ताले थप अध्ययन गरेर परियोजना अगाडि बढाउन सक्छन् । 

निजी लगानी आह्वान गर्न लागिएका १४ परियोजनामा चितवनमा पेट्रोलियम अन्वेषण परेको छ । यस्तै भरतपुर आइसल्यान्ड रिसोर्ट निजी क्षेत्रले पेस गर्ने ३१ परियोजनामध्ये परेको छ । 

यी १४८ परियोजना शोकेसमा राखिनेछन्

आशयपत्र आह्वान गरिने २० 

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी, बबरमहल प्रशासनिक प्लाजा, नौमुरे बहुउद्देश्यीय जलविद्युत्, सुदूरपश्चिम सार्वजनिक यातायात, कालीगण्डकी– २ जलविद्युत्, भारभुङ जलविद्युत्, खिम्ती–ठोसे जलविद्युत्, दैजी औद्योगिक क्षेत्र, धौवदी फलाम खानी परियोजना, महादेव खोला जलाशययुक्त खानेपानी, कर्णाली चिसापानी वायु ऊर्जा, हुम्ला कर्णाली जलविद्युत्, अपर चमेलिया जलविद्युत्, पाँचखाल सेज, कबाडी खोला जलविद्युत्, टोम डोगर बुढीगण्डकी जलविद्युत् र सुपर बुढीगण्डकी जलविद्युत् परियोजना ।

‘मार्केट साउन्डिङ’मा ७ 
सिस्नेरी खानेपानी, मलेखु–लोथर सडक र सुरुङमार्ग, दाउन्ने सुरुङमार्ग, मिर्चैया–कटारी–घुर्मी सडक, धरान–लेउती सडक र सुरुङमार्ग, शक्तिखोर औद्योगिक विकास, खप्तड एकीकृत पर्यटन विकास परियोजना । 

अवधारणा बन्दै गरेका ३१ 
बागमारा मनोरञ्जनात्मक पार्क (चितवन), इलेक्ट्रिसिटी मोबिलिटी करिडोर विकास (लुम्बिनी), चियाको इअक्सन केन्द्र र गोदाम स्थापना तथा सञ्चालन, काँके–देउराली जलाशययुक्त खानेपानी, ठोस्ने खोला जलाशययुक्त पानी आपूर्ति, कम्प्रेस्ड बायोग्यास प्लान्ट, बडिमालिका पर्यटन विकास, काठमाडौं चक्रपथ द्रुत विद्युतीय बससेवा, चितवन–बुटवल द्रुतमार्ग, चितवन–पोखरा द्रुतमार्ग, फास्ट चार्जिङ स्टेसन, सिसा उत्पादन, ग्रेटर लुम्बिनी पर्यटक सर्किट यातायात, आइटी पार्क, मुदी पर्यटन विकास, दोलखा फिल्म सिटी, गौतमबुद्ध मातृत्व अस्पताल, ग्रेट हिमालयन ट्रायल पर्यटन, ताल–तलैया बहुदेशीय पर्यटन, सार्वजनिक यातायात (मधेश प्रदेश), सार्वजनिक विद्यालयको सुदृढ, पश्चिम सेती टाउनप्लानिङ, हेम्जा–नयाँ पुल सुरुङमार्ग, कोखाजोर जलविद्युत्, कन्काई जलविद्युत्, सिमरा सेजको ब्लक बी र सीको विस्तार, सिमरा सेजको ब्लक डी र ईको विकास, अन्डरग्राउन्ड पालिका बजार (लगनखेल), मल्टी लियर भर्टिकल पार्किङ (पाटन, ज्वालाखेर लामाचौर) र पोल सिजनिङ एन्ड ट्रिटमेन्ट प्लान्ट परियोजना 

वित्तीय व्यवस्थापनका लागि पेस गरिने १८ 
हाई एन्ड रिसोर्ट, सिम्बुवा खोला जलविद्युत्, किमाथांका अरुण जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, वेतन कर्णाली जलविद्युत्, इनरुवा–अनारमनी प्रसारण लाइन, अरुण हब–इनरुवा प्रसारण लाइन, तिंगला–दुधकोशी–ढल्केवर प्रसारण, मातातीर्थ–ढुकुछाप प्रसारण लाइन, ढुकुछाप–टेकु प्रसारण लाइन, तिंगलाहब–सुनकोशी–ढल्केवर प्रसारण लाइन, बुढीगण्डकी करिडोर प्रसारण लाइन, दमौली–कुस्मा–बाफीकोट (मध्यपहाडी) प्रसारण लाइन, घुन्सा खोला जलविद्युत्, तमोर–ढुंगेसाँगु प्रसारण लाइन, हितार–शीतलपाटी प्रसारण लाइन, नलगढ स्टोरेज जलविद्युत् र सूर्यतारा सिमेन्ट परियोजना । 

निजी लगानी आह्वान गर्न लागिएका १४ 
अर्घाखाँची, धादिङ र सल्यानमा तीन चुनढुंगा खानी, बैतडीको दोगडाकेदार र सानगाउँमा फोसफराइट खोजतलास परियोजना, चितवन र लुम्बिनीमा पेट्रोलियम अन्वेषण, खोटाङमा डोलोमाइट खानी, काभ्रेमा ग्रेनाइट खानी, रुकुम पूर्वमा फलाम र तामा खानी, रोल्पामा सुनको खोजतलास परियोजना, उदयपुरमा म्याग्नेसाइट खानी, काभ्रेमा बेथानचोक–नारायणथान दर्शन केबलकार र जैविक मल उत्पादन तथा अनुसन्धान केन्द्र । 

लगानीका लागि निजी क्षेत्रले पेस गर्ने ३१ 
महाकाली सेती क्यासकेड जलविद्युत्, सिक्लेस अन्नपूर्ण केबलकार, जाल्पादेवी केबलकार, भरतपुर आइसल्यान्ड रिसोर्ट, मध्य कालीगण्डकी जलविद्युत्, टिपल्याङ कालीगण्डकी जलविद्युत्, आइएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल, पोडवेमा आधारित चुनढुंगा उत्खनन तथा वितरण, हेप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट, नेचुरल एग्रिकल्चर फार्म, कम्पोस्ट मल परियोजना, रिभल्बिङ पार्किङ, अपर सानी भेरी जलविद्युत्, पेल्मा खोला अर्धजलाशय जलविद्युत्, दाना खोला जलविद्युत्, माथिल्लो बुढीगण्डकी जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, ल्याद्रुक मोदी जलविद्युत्, बलेफी खोला जलविद्युत्, नरखोला जलविद्युत्, चुवा खोला क्यासकेड जलविद्युत्, अपर चुवा लुरुप्या जलविद्युत्, अपर अप्सुवा जलविद्युत्, अपर भेरी जलविद्युत्, सुर्के दुधकोशी जलविद्युत्, अपर मस्र्याङ्दी–१ जलविद्युत्, अप्सुवा खोला–१ जलविद्युत्, सगरमाथाको ट्रेलमा १० लक्जरी होटेल स्थापना र गोपीकृष्ण सेन्ट्रल प्लाजा परियोजना 

खुला रूपमा थप २७ परियोजना 
एकीकृत माछापालन परियोजना, मासु प्रशोधन गृह निर्माण तथा सञ्चालन, छुर्पीको निर्यात प्रवद्र्धन तथा गुणस्तर सुधार, कागज कारखाना, हरित हाइड्रोजन तथा हरित अमोनिया प्लान्ट, सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक मेट्रोरेल, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट मेट्रोरेल र चाबहिल–स्वयम्भू–कोटेश्वर मेट्रोरेल, रुद्रपुरगढी पर्यटन विकास, मुलाबारी–साउनेथुप पदमार्ग, अदुवा विकास परियोजना, डेटा सेन्टर परियोजना, नयाँ सहर विकास परियोजना (इशान) र नुनथर फिल्म सिटी परियोजना, अलैँची विकास परियोजना, उच्च भूभागको आलु विकास परियोजना र टिमुर विकास परियोजना, पोखरा महानगरपालिकामा आधुनिक टर्मिनलसहितको बसपार्क,  पोखरा महानगरपालिकामा मासु प्रशोधन गृह सञ्चालन परियोजना, पोखरा महानगरपालिकाकै बेगनास–रूपाताल जल खेलकुद, गोदाम, पोडवे, प्रदर्शनी केन्द्र परियोजना, अटो भिलेजसम्बन्धी परियोजना,  बुटवलको सेम्लार बजार विकास परियोजना, रबरमा आधारित कृषि वन परियोजना र चुरे क्षेत्रमा बिग्रेको जमिनको पुनस्थापना परियोजना 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update