Mero Chitwan
फुडमान्डु अब चितवनमा पनि

चितवन : नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले शुक्रबार  पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने जानकारी दिएको हो ।

फुडमान्डुले हालसम्म आफ्नो सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखराबाट सञ्चालन गरिरहेको छ । 

कम्पनीकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुका खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत् डेलिभर गर्न आफूहरु उत्साहित रहेको बताइन् । त्यस्तै कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजनामा रहेको बताए।

फुडमान्डुसँग अहिले एक हजारभन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् । चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा फुडसफारी कोड प्रयोग गर्दा ३० प्रतिशत अर्थात पाँच सय रुपैयाँसम्म छुट पाउने घोषणा गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update