काठमाडौँ । बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको छ ।
मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री महामहिम नासेर बौरिटाले परराष्ट्र मन्त्रालयमार्फत चौधरीलाई उक्त पदमा नियुक्तिका लागि स्वीकृति पत्र पठाउनुभएको थियो ।
चौधरीले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईमार्फत नियुक्ति पत्र ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हाल्नुभएको छ । नवनियुक्त महावाणिज्यदूत चौधरीको कन्सुलर कार्यक्षेत्र काठमाडौँ उपत्यकाभर तोकिएको छ ।
नियुक्ति पत्र ग्रहण गर्दै चौधरीले नेपाल र मोरोक्कोबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चौधरीको यो नियुक्तिसँगै नेपाल र मोरोक्कोबीचको द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा नयाँ इँटा थपिने विश्वास गरिएको छ ।


