Mero Chitwan
गोरखामा माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

गोरखा — मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृतकमा  दुई महिला र पाँच पुरुष रहेको र उनीहरू मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

गोरखाको सहिद लखन–३ कान्टारमा सडकबाट करिब डेढ सय मिटर तल खसेर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।

माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री र चालक र सहचालक गरी १६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update