युरो कपको उपाधि स्पेनलाई
सोमबार, असार ३१, २०८१

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै
सोमबार, असार ३१, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को विस्तार गरेपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।

सिमलताल पहिरो : बेपत्तामध्ये ११ जनाको शव भेटियो, बस खोज्न विदेशबाट विशेष उपकरण ल्याउने तयारी
सोमबार, असार ३१, २०८१
त्रिशूली नदीमा बेपत्ता भएका ६५ यात्रुमध्ये ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।

बाढीपहिरोमा परी एक सय आठ जनाको मृत्यु
आइतबार, असार ३०, २०८१
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।

२० करोड ३७ लाख मुल्य बराबरको कोकिनसहित विदेशी महिला पक्राउ
आइतबार, असार ३०, २०८१
काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

एमाले अध्यक्ष चौथो पटक प्रधानमन्त्री नियुक्त
आइतबार, असार ३०, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

हात्ती बस्ती पसेर चार घरमा क्षति पु-यायो
आइतबार, असार ३०, २०८१
जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पु¥याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पु¥याएको हो

ममाथि विभिन्न प्रश्न उठेको भए आजैबाट अनुसन्धान थाल्नुस् : रवि लामिछाने
आइतबार, असार ३०, २०८१
उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु

आज अपराह्न ५ बजेपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै
आइतबार, असार ३०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ

सिमलताल पहिरोः बेपत्ता बसका पाँचजनाको शव भेटियो
आइतबार, असार ३०, २०८१
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ

कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
आइतबार, असार ३०, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ को सनाखत
शनिबार, असार २९, २०८१
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा शव भेटिएको छ भने दुईजनाको पहिचान खुलेको छ ।