Mero Chitwan
भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौं : आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडामा शाखासमेत विस्तार गरेर ठगी गर्ने चारजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा  गोकर्णेश्वर नगरपालिका– ६ बस्ने ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका– ८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, वडा नम्बर १ बस्ने २० वर्षीया असिमता खत्री र वडा नम्बर २ बस्ने प्रेमप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ 

उनिहरुले  गैरकानुनी रूपमा विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी आदिमा गएर  धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

उनीहरूले विभिन्न कार्यालयमा पुगेर हिसाबकिताब देखाऊ नत्र भ्रष्टाचारको मुद्दा हालिदिन्छु भन्दै रकम असुल्दै आएका थिए । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update