आज यी प्रदेशमा हुनेछ भारी वर्षा
सोमबार, असार १०, २०८१
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका...
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने
आइतबार, असार ९, २०८१
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको...
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
आइतबार, असार ९, २०८१
अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधीकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुमाथि अख्तियारले सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी गरी...
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्नुको अर्थ भगाउने नियत हो ?
आइतबार, असार ९, २०८१
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गरेका छन् । उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा आपत्ति जनाएका छन् ।
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै
आइतबार, असार ९, २०८१
अन्त:शुल्क छपाइमा हिनामिना भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । अख्तियारको टोली अहिले विशेष अदालतमा पुगेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना
आइतबार, असार ९, २०८१
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
शनिबार, असार ८, २०८१
शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् ।
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा
शनिबार, असार ८, २०८१
चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो ।
जादुमय गतिविधिका कारण मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड
शनिबार, असार ८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले...
पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
शनिबार, असार ८, २०८१
कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत् ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार...
आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
शनिबार, असार ८, २०८१
पर्सा निकुञ्जमा सेनामाथि नै गोली हानेपछि जवाफी कारबाहीमा एक चाेरी सिकारी मारिए
शुक्रबार, असार ७, २०८१
त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले गोली प्रहार गर्दा सेनाले जवाफी फायरिङ गरेको थियो।
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
शुक्रबार, असार ७, २०८१
नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो ।
भरतपुर विमानस्थलको आधुनिक टर्मिनल भवन निर्माण धमाधम
शुक्रबार, असार ७, २०८१
१० कठ्ठा जमिनमा ८ हजार वर्गमिटर ओगटेर २ तल्ले भवन निर्माण भइरहेको हो । आगामी आर्थिक वर्षको बजेटमा भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माण गर्न सरकारले २ अर्ब विनियोजन गरेको छ...
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षति
शुक्रबार, असार ७, २०८१
बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हवाई चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन
शुक्रबार, असार ७, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको...
आफ्नै बाबुलाई हतियार प्रहार गर्ने छोरा पक्राउ
शुक्रबार, असार ७, २०८१
आफ्नै बाबुलाइ धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–३ भकिम्लिका बस्ने ४१ वर्षीय कविराम घर्तीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा...
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
शुक्रबार, असार ७, २०८१
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।
चार प्रदेशमा मनसुन सक्रिय, गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना
शुक्रबार, असार ७, २०८१
इच्छाकामनाको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्बाधारलाई प्राथमिकता
बिहीबार, असार ६, २०८१