Mero Chitwan
असार ७ मा काठमाडौँ उत्तरी क्षेत्र शैक्षिक मेला, ९ हजार विद्यार्थी लाभान्वित हुने 

काठमाडौँ-काठमाडौँको उत्तर भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि यही असार ७ गते प्रथम उत्तरी क्षेत्र ‘शिक्षा मेला–२०८१’ आयोजना गरिने भएको छ। मेलामा करिब ९ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा आयोजकले गरेका छन् ।

उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउन्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो ।

 फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका यस क्षेत्रका करिब ९ हजार विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि  मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

मेलामा विद्यार्थीले आफ्नो भविष्यको योजना तर्जुमा गर्ने, विद्यार्थीलाई पढाइप्रति कसरी आकर्षण गर्ने लगायतका बारेमा जानकारी गराइनेछ । पूर्व शिक्षामन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा प्रस्फुटन कक्षा र उत्प्रेरक व्यक्तित्व सुवास पौडेलले विद्यार्थीलाई भावी जीवनप्रति प्रेरणा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मेलामा काठमाडौँका दुई दर्जनभन्दा बढी उच्च शिक्षा अध्यापन गराइरहेका कलेजको सहभागिता रहने टोखा नगरपालिका हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिए । लर्ड प्यालेस ग्रिनल्यान्डमा बिहान ११ बजे सुरु हुने उक्त मेलामा करिब ९ हजार विद्यार्थी सहभागी हुने आयोजकले जनाएका छन् ।

उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) का सचिव राजेन्द्र अधिकारीले काठमाडौँका उत्तरी क्षेत्रका कलेज शिक्षा क्षेत्रमा अब्बल छन् भन्ने सन्देश मेलाले दिने बताए । मेलामा वरिष्ठ गायिक रचना रिमाल, श्रीधर अधिकारी र हाँस्य कलाकार शेरबहादुर गुरुङलगायतको प्रस्तुति रहने फाउन्डेसका सञ्चालक भट्टराईले बताए । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update