जन्ती बोकेको स्कारपियो नहरमा पल्टिँदा २ जनाको मृत्यु, १३ घाइते
शुक्रबार, असार २८, २०८१
-1720766330-1720768447.jpg)
मैले विश्वासको मत पाउँला नपाउँला त्यसमा चिन्तित छैन,कांग्रेस र एमाले मिल्दा निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल
शुक्रबार, असार २८, २०८१
‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिलकुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु,’ उहाँले भन्नुभयो, ‘संसद्को पहिलो र दोस्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो । त्यो डर हो, सुशासनको डर

अवरुद्व पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो
शुक्रबार, असार २८, २०८१
पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
शुक्रबार, असार २८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी जारी, सशस्त्र र नेपाली सेनाका गोताखोर परिचालन
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजी जारी छ । बसको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।

नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो सतर्कता तह
शुक्रबार, असार २८, २०८१
जल तथा मौसम विज्ञान विभागको देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको जलसतह ८.७ मिटर पुगेको छ । यहाँ ७.३ मिटर माथिको जलसतहलाई सतर्कता तह र ९ मिटर माथिको जलसतहलाई खतराको तह मानिन्छ ।

प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

म्याग्दीमा पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु
शुक्रबार, असार २८, २०८१
म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।
-1719367199.jpg)
कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु
शुक्रबार, असार २८, २०८१
बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ रहेको बताइएको छ ।

जसपाको केन्द्रीय समिति घोषणा
बिहीबार, असार २७, २०८१
गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले आज दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
बिहीबार, असार २७, २०८१
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित
बिहीबार, असार २७, २०८१
सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।