Mero Chitwan
माई खोलामा आएको बाढीले  ५०बिघामा लगाएको मकैबाली नष्ट

झापा: अविरल वर्षाका कारण माई खोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट भएको छ ।

गत असार १ गतेदेखि निरन्तरको वर्षाले माई खोलामा आएको बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए  ।

त्यस्तै, आज राति झापा गाउँपालिका–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको २ बिघा खेतको परालमा बर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ ।उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update