Mero Chitwan
ऋण नतिर्न र बिमा रकम ठगी गर्न आफ्नै पसल लुटपाट !
ऋण नतिर्न र बिमा रकम ठगी गर्न आफ्नै पसल लुटपाट ! प्रहरीले यो घटनामा विनोदसहित कालिका ७ का विजय विश्वकर्मा, तनहुँको म्याग्दी ७ का पूर्णबहादुर विश्वकर्मा,  बारा बारागढी ४ का पवनकुमार पासवान र कालिका ६ की अन्जना पुडासैनी केसीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 
पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध*
पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध* मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरो जादा एकतर्फी सडक अवरुद्ध भएको छ।
सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान, १ लाख नगद पुरस्कार
सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान, १ लाख नगद पुरस्कार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो
सौराहा सौन्दर्यकरण सुरु, पहिलो चरणमा चित्रसारी पुलमा बत्ती जडान र सजावट 
सौराहा सौन्दर्यकरण सुरु, पहिलो चरणमा चित्रसारी पुलमा बत्ती जडान र सजावट  देशकै प्रमुख पर्यटकीय स्थल चितवनको 'सौराहा सौन्दर्यकरण' सुरु गरिएको छ । 'सौराहा सौन्दर्यकरण' आयोजनाअन्तर्गत पहिलो चरणमा सौराहाको मुख्य प्रवेशद्वार चित्रसारी पुलमा बत्ती जडान र सजावट गरिएको हो । 
चितवनका १७०० जनामा डेंगु संक्रमण
चितवनका १७०० जनामा डेंगु संक्रमण चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।  
एसईई २०८० : चितवनमा ५५ प्रतिशत पास, सामुदायिकको नतिजा निराशाजनक
एसईई २०८० : चितवनमा ५५ प्रतिशत पास, सामुदायिकको नतिजा निराशाजनक २०८० को माध्यमिक शिक्षा परीक्षामा चितवनबाट सहभागी विद्यार्थीमध्ये ५५ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार साधारण तथा प्राविधिक गरी १० हजार ६ सय १५ विद्याथी एसईईमा सहभागी भएकामा ५ हजार ९ सय ७५ जना अर्थात् ५५ दशमलब ७६ प्रतिशत उत्तीर्ण भएका हुन् ।
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
इच्छाकामना गाउँपालिकाद्वारा तीन वटा कृषि एम्बुलेन्स सञ्चालन
इच्छाकामना गाउँपालिकाद्वारा तीन वटा कृषि एम्बुलेन्स सञ्चालन कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै  बजारसम्म पुर्‍याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
असार १६ गतेदेखि चितवन निकुञ्जमा सफारी बन्द हुने
असार १६ गतेदेखि चितवन निकुञ्जमा सफारी बन्द हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले  मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए । 
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नुभयो ।
‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत रत्ननगरका किसानलाई भैँसी वितरण
‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत रत्ननगरका किसानलाई भैँसी वितरण पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।   
Weather Update