नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता
शुक्रबार, असार २८, २०८१
भरतपुर अस्पतालमा आजदेखि एमआरआई सेवा
बिहीबार, असार २७, २०८१
भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि बिहीबारदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर
बुधबार, असार २६, २०८१
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।
ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने
मंगलबार, असार २५, २०८१
इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।
एक अर्ब लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
सोमबार, असार २४, २०८१
चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा बढीको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।
दियालो बंगला सर्वसाधारणका लागि खुला
आइतबार, असार २३, २०८१
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला औपचारिक रूपमा खुला गरेका हुन् ।
मनसुनजन्य विपद् : चितवनमा २५ हजार परिवार प्रभावित हुने अनुमान, कहाँ छ बाढी-पहिरोको जोखिम ?
शुक्रबार, असार २१, २०८१
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।
रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिने स्वचालित मेसिनको औपचारिक उद्घाटन
शुक्रबार, असार २१, २०८१
रत्ननगरको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान गरिएको छ । एक सातादेखि सञ्चालनमा आएको मेसिनको रत्ननगरको मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरे ।
ऋण नतिर्न र बिमा रकम ठगी गर्न आफ्नै पसल लुटपाट !
मंगलबार, असार १८, २०८१
प्रहरीले यो घटनामा विनोदसहित कालिका ७ का विजय विश्वकर्मा, तनहुँको म्याग्दी ७ का पूर्णबहादुर विश्वकर्मा, बारा बारागढी ४ का पवनकुमार पासवान र कालिका ६ की अन्जना पुडासैनी केसीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध*
मंगलबार, असार १८, २०८१
मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरो जादा एकतर्फी सडक अवरुद्ध भएको छ।
सन्दीप लामिछानेलाई भरतपुर महानगरको सम्मान, १ लाख नगद पुरस्कार
मंगलबार, असार १८, २०८१
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो
सौराहा सौन्दर्यकरण सुरु, पहिलो चरणमा चित्रसारी पुलमा बत्ती जडान र सजावट
सोमबार, असार १७, २०८१
देशकै प्रमुख पर्यटकीय स्थल चितवनको 'सौराहा सौन्दर्यकरण' सुरु गरिएको छ । 'सौराहा सौन्दर्यकरण' आयोजनाअन्तर्गत पहिलो चरणमा सौराहाको मुख्य प्रवेशद्वार चित्रसारी पुलमा बत्ती जडान र सजावट गरिएको हो ।
चितवनका १७०० जनामा डेंगु संक्रमण
सोमबार, असार १७, २०८१
चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
