Mero Chitwan
भरतपुर भ्रमण वर्षको प्याकेज १ शुभारम्भ

चितवन : भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत होटल व्यवसायी संघ चितवनले भ्रमण प्याकेज १ सुरु गरेको छ । भरतपुर–२२, पटिहानीस्थित अम्ब्रेला स्ट्रिटमा आयोजित कार्यक्रमबीच प्याकेज १ सुरु गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले  स्ट्रिट परिसरमा वृक्षरोपण गरेर प्याकेजको शुभारम्भ गरेकी हुन् ।

त्यस अवसरमा प्रमुख दाहालले भरतपुर भ्रमण वर्षले चितवनका अन्य पालिका र गैंडाकोटलाई समेत फाइदा पुग्ने बताइन् । ‘भरतपुर भ्रमण वर्षभन्दा भरतपुरको मात्रै जस्तो गरी अन्य पालिकाहरुले मन साँघुरो बनाएको महसुस भएको छ’ उनले भनिन्, ‘भरतपुर भ्रमण वर्ष भनिए पनि यसको फाइदा समग्र चितवन र नवलपुरको गैंडाकोट क्षेत्रलाई समेत हुनेछ । त्यसैले अन्य पालिकाले मन फराकिलो पार्नुपर्छ ।’

प्याकेजअन्तर्गत होटल व्यवसायीहरुले खानामा २५ र कोठामा २५ छुटको घोषणा गरेका छन् । 

यसअघि भरतपुर महानगरपालिकाले नारायणगढदेखि शिवघाटहुँदै गोलाघाटसम्मको भ्रमण प्याकेज सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update