Mero Chitwan
सार्वजनिक सेवालाई एकद्वार प्रणालीमा सञ्चालन गरिने
सार्वजनिक सेवालाई एकद्वार प्रणालीमा सञ्चालन गरिने मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले विभिन्न सार्वजनिक सेवालाई एकद्वार प्रणालीमा आबद्ध गराइ सेवा प्रवाहको व्यवस्था गरिने निर्णय गरेको छ । 
बुधबारदेखि वर्षा कम हुने
बुधबारदेखि वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागले  बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ । 
२३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन
२३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण रुपमा बन्द
नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण रुपमा बन्द अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध
अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षाका कारण बाढीपहिरो जानसक्ने भएकाले अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको हो ।
गणेश नेपालीका आफन्त र सरकारबीच ९ बुँदे सहमति
गणेश नेपालीका आफन्त र सरकारबीच ९ बुँदे सहमति आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच सहमति भएको छ ।
खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । 
चितवनमा मोबाइल नेटवर्क विस्तार
चितवनमा मोबाइल नेटवर्क विस्तार नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण :  टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १४ जना दोषी ठहर
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १४ जना दोषी ठहर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई मंगलबार दोषी ठहर गरेको हो ।
भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा
भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ । 
Weather Update