Mero Chitwan
गणेश नेपालीका आफन्त र सरकारबीच ९ बुँदे सहमति

काठमाडौँ — आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच ९  बुँदे सहमति भएको छ ।

सहमति अनुसार घटनाको अनुसन्धानका लागि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति बनाउने भएको छ ।

सहमतिसँगै त्रिवि शिक्षण अस्पतालमा रहेको नेपालीको शव परिवारले उठाउने भएका छन् । सहमतिमा सरकारबाट तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेल र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् भने पीडित परिवारबाट श्रीमती एकमाया नेपाली, बुबा चिने नेपाली, आमा सौरा नेपाली, दाजु मदन नेपाली लगायतले हस्ताक्षर गरेका छन् ।

नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, विगतको अभ्यास र प्रचलित कानुन अनुसार आवश्यक निर्णय गरिने भनिएको छ । हाललाई नगर प्रहरीबाट खटिएका कर्मचारीलाई निलम्बन गर्ने काठमाडौं महानगरपालिकालाई लेखेर पठाउने समेत सहमतिमा उल्लेख छ ।

महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकले निर्णय गरेर मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिने समेत भनिएको छ । ‘मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्चको आवश्यक प्रबन्ध मिलाइनेछ,’ सहमतिमा भनिएको छ, ‘यसका लागि सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।’

सम्झौता गर्न गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय,काठमाडौं पुगेका थिए ।

50529-1783872944.jpg
50530-1783872944.jpg
 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update