सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
शनिबार, असार ६, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।
भरतपुरको सीएटी हलमा रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
शनिबार, असार ६, २०८३
भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
बुधबार, जेठ २७, २०८३
साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो ।
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति
बुधबार, जेठ २७, २०८३
परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राख्नुभएको विषय ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ ।
दरबार हत्याकान्डको छानबिन अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
मंगलबार, जेठ २६, २०८३
मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँले २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गर्नुभएको हो ।
सीमालगायतका विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजिनेमा परराष्ट्रमन्त्रीको जोड
सोमबार, जेठ २५, २०८३
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा परराष्ट्रमन्त्री खनालले उक्त भूमि नेपालको रहिआएको ऐतिहासिक अडान दोहोर्याउँदै सोबारेमा भारत र चीनलाई कूटनीतिक नोटमार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो ।
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ
सोमबार, जेठ २५, २०८३
प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो ।
सीमा विवादलगायतका विषय कूटनीतिक च्यानलबाटै समाधान गरिन्छ : रवि लामिछाने
शुक्रबार, जेठ २२, २०८३
भारतको ५ दिने औपचारिक भ्रमण सकेर फर्किने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कूटनीतिक विषय कूटनीतिक माध्यमबाटै समाधान हुने बताएका हुन् ।
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
शुक्रबार, जेठ २२, २०८३
बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ । जिल्ला सुरक्षा समितिको आजको बैठकले वर्षालगायत जोखिमका कारण एक महिनादेखि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० सम्मको बन्दलाई दुई घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन...
नेपालमा मनसुन आउन एक साता लाग्ने
शुक्रबार, जेठ २२, २०८३
नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।
तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो
बुधबार, जेठ २०, २०८३
नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ ।
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता
बुधबार, जेठ २०, २०८३
भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।


