रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
काठमाडौँ — रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम अझै २ घण्टा चल्ने बताए ।
केसीले राती १२ बजेसम्म उम्मेदवारको दर्ता हुने बताए । मतदान भने भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने जनाइएको छ । करिब ४५ सय बढी मतदातालाइ मतदान गर्न ८ घन्टा लाग्नेछ । उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३ २२:३३
प्रतिक्रिया दिनुहोस्

