Mero Chitwan
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
यही कार्यक्रममा सहभागी भइरहेका बेला विष्णु पौडेललाई पक्राउ गरिएको हो।

चितवन-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । 

सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित शुभ होटलमा पार्टी कार्यक्रममा सहभागी भइरहेका बेला सभाहलबाट पक्राउ गरिएको हो । 

पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज पठाएको छ ।  उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत पुग्नुभएको जनाइएको छ । 

उहाँलाई प्रहरी उपरीक्षक पोखरेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update