प्रजिअ थापाले सार्वजनिक गरे चितवनको ९ महिने कार्यकालका उपलब्धि
शुक्रबार, जेठ २५, २०८१
टी–२० विश्वकप : सुपर ओभरमा अमेरिका विजयी
शुक्रबार, जेठ २५, २०८१
टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो । टी–२० विश्वकपमा पहिलोपटक सहभागी अमेरिकाले पूर्वविजेता पाकिस्तानलाई हराएको हो ।
दुर्गा प्रसाइँको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश
बिहीबार, जेठ २४, २०८१
न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो ।
बन्द भए चितवनका इँटा उद्योग
बिहीबार, जेठ २४, २०८१
इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए । ती उद्योग क्रमश घट्दै अहिले पूर्ण रुपमा बन्द भएका हुन् ।
शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला
बिहीबार, जेठ २४, २०८१
भरतपुर महानगरपालिका–२३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यताको अन्त्य भएको छ । उनीहरु आफैं शृङ्गारका सामान बनाउन सक्षम भएका छन् ।
चितवनका केरा किसानले गत वर्षकै बिमावापतको साढे २ करोड पाउन बाँकी
बिहीबार, जेठ २४, २०८१
जेठ १७ देखि २० सम्मको हावाहुरीबाट क्षति बेहोरेका चितवनका केरा किसानले बिमा वापतको साढे २ करोड पाउन बाँकी रहेको जनाइएको छ ।
लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा नरेन्द्र मोदी
बिहीबार, जेठ २४, २०८१
नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी सुरु गरेका छन्। भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन्
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो
बिहीबार, जेठ २४, २०८१
काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।
१० प्रतिशत निःशुल्क छात्रवृत्ति नदिने विद्यालय बन्द गर्ने काठमाडौं महानगरको चेतावनी
बिहीबार, जेठ २४, २०८१
काठमाडौं महानगरपालिकाले महानगरअ्रन्तर्गतका ४ सय ७३ विद्यालयले कानुनअनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको जानकारी गराएको जनाएको छ ।
बाढीबाट वन्यजन्तु जोगाउन सामुदायिक वनको पहल
बिहीबार, जेठ २४, २०८१
बाढीबाट वन्यजन्तु जोगाउन सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले सामुदायिक वनमा पहिलोपटक तटबन्ध निर्माण गरेको छ ।
टी–२० विश्वकप : भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजित
बुधबार, जेठ २३, २०८१
टी–२० विश्वकपको समूह ए अन्तरगत आज भएको खेलमा भारतले आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य भारतले मात्र २ विकेटको क्षतिमा १२ दशमलब २ ओभरमा हात पारेको हो ।
मधेशमा ढल्यो जसपा नेपालको सरकार
बुधबार, जेठ २३, २०८१
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार ढलेको हो ।
भरतपुर समेटिएको त्रिभुज परियोजना देशकै लागि महत्वपूर्ण : प्रधानमन्त्री
बुधबार, जेठ २३, २०८१
“भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उहाँले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको बताउनुभयो ।


