Mero Chitwan
यस वर्षको ओस्कारमा ओपेनहाइमरले जित्यो ७ विधाको अवार्ड

काठमाडौँ — यस वर्षको ओस्कार अवार्डमा क्रिस्टोफर नोलनको 'ओपेनहाइमर'ले उत्कृष्ट चलचित्रसहित ७ विधामा अवार्ड हात पारेको छ । १३ विधामा मनोनयनमा परेको 'ओपेनहाइमर' ७ विधामा अवार्ड जित्न सफल भएको हो । 

'ओपेनहाइमर'ले सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट सहअभिनेता, सर्वोत्कृष्ट फिल्म सम्पादन, सर्वोत्कृष्ट सिनेमाटोग्राफर र सर्वोत्कृष्ट स्कोरको अवार्ड जितेको छ । 

यस्तै, 'पोर थिंग्स'ले चार विधामा अवार्ड जितेको छ । यो चलचित्रले अभिनेत्री, प्रोडक्सन, कस्ट्युम डिजाइन र मेकअपतर्फ पनि अवार्ड हात पार्न सफल भयो । त्यस्तै यस वर्ष 'बार्बी' बाट बिली एलिसले 'ह्वाट वाज आई मेड फर' का लागि उत्कृष्ट मौलिक गीतको अवार्ड हात पारिन् ।
लस एन्जलसको डल्वी थिएटमा आयोजित ९६ औं एकेडेमी अवार्डलाई जिम्मी किमेलले होस्ट गरेका थिए । 

अवार्डको सूची

सर्वोत्कृष्ट फिल्म : ओपेनहाइमर

सर्वोत्कृष्ट अभिनेता : किलियन मर्फी(ओपेनहाइमर)

सर्वोत्कृष्ट सहअभिनेता : रोबर्ट डाउनी जुनियर (ओपेनहाइमर)

सर्वोत्कृष्ट अभिनेत्री : एम्मा स्टोन(पुअर थिंग्स)

सर्वोत्कृष्ट सहअभिनेत्री : डे'भाइन जो र्‍यान्डल्फ(द होल्डोभर्स)

सर्वोत्कृष्ट निर्देशक : क्रिस्टोफर नोलन (ओपेनहाइमर)

सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : द ब्वाय एन्ड द हेरोन

सर्वोत्कृष्ट रूपान्तरित पटकथा : अमेरिकन फिक्सन

सर्वोत्कृष्ट मौलिक पटकथा : एनाटमी अफ फल

सर्वोत्कृष्ट सिनेमटोग्राफी : ओपेनहाइमर

सर्वोत्कृष्ट वृत्तचित्र फिचर फिल्म : ट्वान्टी डेज इन म्यारियोपोल

सर्वोत्कृष्ट लघु वृत्तचित्र : द लास्ट रिपेयर सप

सर्वोत्कृष्ट फिल्म सम्पादन : ओपेनहाइमर

सर्वोत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म : द जोन अफ इन्ट्रेस्ट

सर्वोत्कृष्ट शृंगार र केससज्जा : पुअर थिंग्स

सर्वोत्कृष्ट मौलिक ध्वनि : ओपेनहाइमर

सर्वोत्कृष्ट मौलिक गीत : ह्वाट वाज आई मेड फर, बिली एलिस(बार्बी)

सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : पुअर थिंग्स

सर्वोत्कृ्ष्ट एनिमेटेड सर्ट फिल्म : वार इज ओभर ! इन्सपायर्ड बाई त म्युजिक अफ जोन एन्ड योको

सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : द वन्डरफुल स्टोरी अफ हेनरी सुगर

सर्वोत्कृष्ट ध्वनि : द जोन अफ इन्ट्रेस्ट

सर्वोत्कृष्ट भिजुअल इफेक्ट्स : गोडजिला माइनस वान

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update