Mero Chitwan
गायिका एलिना चौहानले पर्वत घटनाप्रति आत्मालोचना गरिन्, के थियो घटना ?

काठमाडौं–गायिका एलिना चौहानले गत साता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतिका क्रममा आफूले देखाएको अभद्र व्यवहारप्रति आत्मालोचना गरेकी छन्। 

उनले आज सामाजिक सञ्जालमार्फत् उक्त घटनामा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोमा आत्मालोचना गरेको जनाएकी हुन् । 

उनले भनेकी छन्,  सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकाप्रति आत्मालोचना गर्दछु। मन्चीय प्रस्तुतिका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु।’
 
के थियो घटना ?
घटना पर्वतमा भएको  तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको थियो । 

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एलिनाले प्राविधिकलाई साउण्ड मिलाउन आग्रह गरिरहेको देखिन्छ । ती प्राविधिकले ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ दिएका छन् ।

त्यसपछि एलिनाले भनेकी छन्- पहिलो तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो ? आफ्नो गल्ती‘यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाईंले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई र ?

elina-11-1710002228.JPG

त्यसपछि ती प्राविधिकले भनेका छन्- तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ त्यसपछि एलिनाले अन्य आयोजकसँग कराएकी थिइन् । उनीहरुबीच भनाभन भएपछि दर्शकले पनि प्राविधिकविरुद्ध हुटिङ गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update