Mero Chitwan
के जनावर पनि हँसीमजाक गर्छन् ?

एजेन्सी-हाँस्ने र ठट्टा गर्ने बानी मानिसमा मात्रै पाइन्छ भन्ने हामीलाई लाग्छ । तर, कतिपय यस्ता प्राणी पनि हुन्छन् जसले हँसीमजाक गरेर आपसमा सम्बन्ध बलियो बनाउँछन् ।

हामीलाई हाँस्न मन पर्छ । जन्मिएको तीन महिनामात्रै भएको शिशु पनि हाँस्छन् । आमाबाबुले रमाइलो अनुहार बनाउँदा साना बच्चाहरूलाई रमाइलो लाग्छ। आठ महिनाको उमेरमा नवजात शिशुहरूले आफ्नो अनुहार, शरीर र आवाजलाई ठूलाहरू पनि हाँस्न सक्ने गरी प्रयोग गर्न सिक्छन्।

 केटाकेटीले जानाजानी यस्ता कुरासँग खेल्न थाल्छन् जुन गर्न नहुने उनीहरुलाई थाहा हुन्छ र यस्ता उपद्रो गर्दा बालबालिकाको अनुहारमा प्रायजसो मुस्कान हुन्छ ।

तर, नयाँ अध्ययनले पृथ्वीमा हँसीमजाक गर्नेमा मानव जात एक्लै नभएको खुलासा गरेको छ । जनावरहरू पनि हाँसो ठट्टा  गर्छन् । एक अर्काको मजाक उडाउछन् । क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसका अनुसन्धानकर्ता इसाबेल लाउमरले आफ्ना सहकर्मीहरूसँग ठूला बाँदरहरू बीचको अन्तरक्रियाको ७५ घण्टाको भिडियो हेरिन् । 
यी प्रजातिका बाँदरहरू पृथ्वीमा मानिसका सबैभन्दा नजिकका नातेदार हुन्। यसमा ओराङ्गुटान्स, चिम्पान्जी, बोनोबोस र गोरिल्लाहरू पर्छन्। यस अध्ययनमा समावेश गरिएका सबै जनावरहरू चिडियाखानामा बस्दै आएका थिए। उनका दैनिक बानीहरू यी भिडियोहरूमा रेकर्ड गरिएको थियो।

जनावरहरूमा जिस्काउने बानी
यी सबै प्रजातिका जनावरहरू एकअर्कासँग ठट्टा गर्ने र एकअर्कालाई जिस्क्याउने गरेको देखियो । अन्वेषकहरूले यी ओराङ्गुटान, चिम्पान्जी, बोनोबोस र गोरिल्लाहरू बीचका उपद्रो रेकर्ड गरे। बारम्बार दोहोरिने बानीहरूमा आफ्नो पार्टनरको बाटोमा अवरोध गर्ने, आफ्नो शरीरलाई अरूको विरुद्धमा हिर्काउने, र अन्यको शरीरका अंगहरूमा तान्नु समावेश छ।

dog-1710036812.png

कतिपय जनावरले आफ्ना साथीहरूको अनुहारको अगाडि आफ्नो शरीर वा अन्य चीजहरू बारम्बार हल्लाइरहेको देखियो। केही ओराङ्गुटानहरूले आफ्ना साथीहरूको कपाल बारम्बार तानेको पाइएको थियो।

कुकुरहरूलाई धेरै छिटो हामफाल्ने र त्यसपछि अचानक भाग्ने जस्ता गतिविधि  प्रदर्शन गर्न प्रशिक्षित गर्न सकिन्छ।
अध्ययनकी  लेखिका इसाबेल लाउमर भन्छिन्, ‘हामीले यी जनावरहरूमा आफ्नो पार्टनरको कपालमा जुम्रा खोज्ने क्रममा प्रायः किशोरावस्थाको बाँदर अचानक पछाडिबाट हाम फाल्ने वा दुवै सँगै बस्ने गरेको देख्यौं । धेरै पटक यी किशोर जनावरहरूले आफ्ना ठूलाहरूलाई पिठ्युँमा थप्पड हानेर कहिलेकाहीँ अचानक हाम फालेर चकित पार्छन्।

इसाबेल भन्छिन्, “त्यसपछि यी साना जनावरहरू आफ्ना ठूलाको प्रतिक्रियाको पर्खाइमा थिए। सामान्यतया, यो  उपद्रोको शिकार बन्ने ठूला जनावरले बच्चाहरूको गतिविधिलाई बेवास्ता गर्थे। त्यसपछि बारम्बार त्यही  जिस्काउने कार्य दोहोर्‍याउँथे । तर उपद्रो यति बढी भयो कि तिनीहरूलाई बेवास्ता गर्न गाह्रो भयो। 

अन्वेषकहरूका अनुसार अन्य जनावरहरू जस्तै ओराङ्गुटान, गोरिल्ला र चिम्पान्जीहरू बीचको यो चिढाउने व्यवहार साना मानव बच्चाहरूको जस्तै थियो। उसले जानाजानी यी कुराहरू गरिरहेको थियो, उसलाई रिस उठाउनको लागि र बारम्बार यो गरिरहेको थियो। यसमा कहिलेकाहीँ चकित पार्ने चंचलता समावेश हुन्छ, जसमा उनीहरु आफ्नो उपद्रोको शिकार भएको वयस्क जनावरको प्रतिक्रियाका लागि पर्खिरहेको देखिन्थे ।

यसलाई मानव बालबालिकाको व्यवहारसँग तुलना गर्ने हो भने, बच्चाले आफ्नो जिब्रो निकालेर ठूलालाई जिस्काउने र ठूलाले उसको कामप्रति कस्तो प्रतिक्रिया देखाउछ भनेर भाग्ने जस्तै हो ।

वैज्ञानिकहरू हाँस्ने र ठट्टा गर्ने बानी जनावरहरूमा धेरै ठूलो मात्रामा पाइन्छ भन्ने विश्वास गर्छन्। उदाहरणका लागि, आफ्नो पुस्तक 'द डिसेन्ट अफ म्यान' मा जीवविज्ञानी चार्ल्स डार्विनले कुकुरहरूमा पनि हँसीमजाकको बानी हुनसक्छ भनी लेखेका छन्।

उनी लेख्छन्, ‘कुकुरतिर लट्ठी वा यस्तै कुनै वस्तु फ्याँकियो भने प्रायः केही दूरीसम्म बोकेर लगी आफैँसँग राख्छ र भुइँमा बस्छ र कुकुरको मालिक उनजिक नपुगेसम्म कुर्छ । मालिक नजिक आउनेबित्तिकै कुकुरले फेरि लट्ठी उठाउँछ र विजयीभावमा फेरि भाग्छ। उसले यस्ता कार्यहरू बारम्बार दोहोर्‍याउँछ र यस्ता ठट्टाहरू दोहोर्‍याउँदा उसलाई धेरै रमाइलो लाग्छ।

जनावरहरूमा खेल्ने बानी
कुकुरको मालिक जो कोहीले पनि खेल्दा कुकुरहरूले गहिरो सास फेर्छन् र घुरेको आवाज निकाल्छन्, जुन लगभग हाँसोजस्तै सुनिन्छ । २००५ मा गरिएको एक अध्ययनमा, पशु व्यवहार विशेषज्ञ प्याट्रिसिया सिमोनेटले कुकुरको शेल्टर होममा यस्तै रेकर्ड गरिएका आवाज बजाइन्। शेल्टर होमका कुकुरहरूले कुकुरहरूको यो आवाजलाई धेरै ध्यान दिएर सुनिरहेका थिए र यसले उनीहरूको तनाव धेरै कम भएको उनले देखे।

dog1-1710036863.png

कोलोराडो विश्वविद्यालय, बोल्डर, अमेरिकाका इकोलोजी र इभोलुसनका प्रोफेसर मार्क बेकोफ भन्छन् कि उनले दशकौंसम्म तथ्याङ्क सङ्कलन गरिसकेका छन् जसले कुकुरहरू इजाबेल लाउमर र उनको टोलीले देखेको जस्तै  उपद्रो व्यवहारमा संलग्न रहेको देखाउँछ। 

अनुसन्धानकर्ता मार्क बेकफका अनुसार यस्तो व्यवहार स्याल, जङ्गली बिराला र जङ्गली ब्वाँसोमा पनि देखिने गरेको छ । बेकफ भन्छन्-मैले आफ्नो करियरमा धेरै जनावरहरू स्ट्यान्ड-अप कमेडियन र जोकरहरू जस्तै व्यवहार गरेको कथाहरू सुनेको छु । जसमा घोडा र एसियाली कालो भालु पनि छन् । 

मुसा रमाइलो गर्दै
यसैबीच, अन्य अन्वेषकहरूले डल्फिनले पनि खेल्दा खुशी व्यक्त गर्ने आवाज निकाल्छ भन्ने पत्ता लगाएका छन्  हात्तीले पनि खेल्दा आवाज निकाल्छ । कतिपय सुगाले रमाइलोका लागि अन्य जनावरलाई जिस्काएको पनि देखिएका छन् । 

musa-1710036926.png

मुसाहरू पनि हाँस्न र रमाइलो गर्न मन पराउँछन् भन्ने प्रमाणहरू पनि छन्। अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका रिसर्च एसोसिएट प्रोफेसर जेफ्री बर्गडोर्फले विगत एक दशकदेखि मुसालाई काउकुती लगाएर अनुसन्धान गरिरहेका छन्। काउकुती लगाउँदा मुसाहरुले आनन्द व्यक्त गर्ने आवाज निकाल्छन् भने कुनै हाँस्छन् पनि । 

यति मात्र होइन, बर्लिनको हम्बोल्ट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको छुट्टै अध्ययनअनुसार मुसालाई काउकुतीको सट्टा लुकाएर खेल्न पनि तालिम दिन सकिन्छ। 

साथी बनाउने उत्तम तरिका के हो?
मार्क बेकोफ भन्छन्, "जनावरहरूमा हास्यको भावना हुन्छ र उनीहरूसँग चंचलताको भावना हुन्छ। तर यो कुरा प्रमाणित गर्न गाह्रो भएको पनि उनी स्वीकार्छन् । "उदाहरणका लागि, मैले धेरै परिवारहरू देखेको छु जहाँ दुई कुकुरहरू सँगै बस्छन्," बेकफ भन्छन्। जब उनीहरूलाई खुवाउने समय हुन्छ, कुकुर बाहिरी ढोकामा दौडन्छ र भुक्छ। यसपछि अर्को कुकुर त्यहाँ को छ भनी हेर्न दौडन्छ। जहाँ पहिलो कुकुर फर्केर दुबैको खाना खान्छ । त्यसोभए तपाईं भन्न सक्नुहुन्छ कि पहिलेको कुकुरले कसरी थप खाना प्राप्त गर्ने भनेर सिकेको छ।"

तर, प्रश्न यो छ कि ठट्टा गर्ने बानीले जनावरहरूको विकासको प्रक्रियामा के भूमिका खेल्छ? हाँसो र ठट्टाले दुई मानिसबीच सम्बन्ध बनाउँछ भन्ने मान्यता मानिसमा छ ।  हाँसोले जनावरहरूमा पनि समान भूमिका खेल्छ ? यस प्रश्नको जवाफमा इसाबेल भन्छिन्, ‘ह्यँसो मानिसबीचको दुरी घटाउने माध्यम बन्न सक्छ। यसले सामाजिक दूरी घटाउँछ र सम्बन्ध बलियो बनाउँछ।

उनी भन्छिन्, "हामीलाई थाहा छैन कि हास्यले गोरिल्ला, चिम्पान्जी र ओराङ्गुटान जस्ता जनावरहरूमा समान भूमिका खेल्छ।" तर, यो सम्भव छ। यो निश्चित रूपमा पत्ता लगाउन, हामीले त्यस्ता जनावरहरू र अन्य प्रजातिहरूको अन्य समूहहरूमा अनुसन्धान गर्नुपर्नेछ। बीबीसी फ्युचरबाट अनुदित

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update