Mero Chitwan
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल

काठमाडौँ — मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेकाे छ । एनसेलकाे बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे हो ।

स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारकाे स्वामित्व छ ।

गत बुधबार व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।

दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update