Mero Chitwan
धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको नयाँ निर्देशनले कालोसूचीमा समावेश गर्नु पूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि ऋणीलाई रकम चुक्ता गर्न ३५ दिनको लिखित सूचना दिनुपर्ने व्यवस्था थियो । तर अहिले यो व्यवस्थालाई संशोधन गर्दै धितो हुँदासम्म कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।

यसैगरी राष्ट्र बैंकले संयुक्त लगानीमा आबद्ध कुनै फर्म वा कम्पनी कालोसूचीमा परेका कारणले मात्र त्यही समूहमा आबद्ध अन्य कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने व्यवस्था पनि गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update