Mero Chitwan
प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । 

 आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो । 

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।”

सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पु¥याउने काममा उत्सुक रहेको धारणा राख्नुभएको छ । 

 भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पु¥याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update