नेता राजेन्द्र महतोले गरे लोसपा परित्याग गरेको घोषणा
सोमबार, फागुन १४, २०८०

पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग
सोमबार, फागुन १४, २०८०
राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्याएकाे क्षतिपछिको पुनःनिर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो

तेह्रथुमका गोपाल ढकालको भक्तपुरमा कसले गर्यो हत्या?
सोमबार, फागुन १४, २०८०
‘हत्या गरेको अवस्थामा शव फेला हो, रक्ताम्य अवस्थामा मृत्यु भइसकेको अवस्थामा परालले छोपिरहेको अवस्थामा शव भेटिएको हो,’ पाठकलले भने।

नाराबाजी गरेपछि संसद् बैठक स्थगित
सोमबार, फागुन १४, २०८०
नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलले बालकुमारीसहितका घटनाका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए
यी हुन् मिटरब्याजपीडितका ६ बुँदे माग, आज पनि सरकारसँग वार्ता
सोमबार, फागुन १४, २०८०
सरकार र मिटरब्याज पीडितबीच पनि आज पनि वार्ता हुने भएको छ। हिजो भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आज बिहान ११ बजे गृहमन्त्रालयमा वार्ता हुन लागेको हो ।

जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...
सोमबार, फागुन १४, २०८०
एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।
प्रस्तावित सुपर त्रिशुली जलविद्युत : जलयात्रा र रिसोर्टको अर्बौं लगानी डुब्ने चिन्ता
सोमबार, फागुन १४, २०८०

भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
आइतबार, फागुन १३, २०८०
अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।

चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला
आइतबार, फागुन १३, २०८०
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सहायक संरक्षण अधिकृत एवंम सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यहि १२ गते दुई गैडा आपसमा जुध्दा १२ बर्षकाे भाले गैडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला
आइतबार, फागुन १३, २०८०
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडेकी छन् ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर
आइतबार, फागुन १३, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको छ