Mero Chitwan
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता कार्यान्वयनमा, कस-कसलाई लागू हुनेछ ?

काठमाडौं–आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमु्क्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार इलाम र बझाङ जिल्लाभर आजदेखि आचारसंहिता लागू भएको आयोगले जनाएको छ । 

आचारसंहिता सरकार र सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, विद्यालय तथा शिक्षक, मतदाता, गैरसरकारी संस्थाका कर्मचारीलगायतलाई लागू हुने आयोगले जनाएको छ । 

aachar-samhita-1712717741.jpg

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update