Mero Chitwan
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद विमला घिमिरे निर्वाचित भएकी छिन् । सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने पक्षमा ‍‍‍३९ मत परेको छ भने विपक्षमा १६ मत परेको छ ।

यस्तै कांग्रेस सांसद विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने पक्षमा १६ ‍‍‍ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो ।

मत विभाजन प्रक्रियामा ५५ जना सांसद् सहभागी भएका थिए। माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि उपाध्यक्ष पदका लागि निर्वाचन भएको हो ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update