Mero Chitwan
टिकौलीमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवन : चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुई यात्रुबाहक बस र एउटा ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब पौने २ बजे गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस पार्किङमा राखिएको ना.६ ख ८१३ नम्बरको इँटा लोड ट्रकमा ठोक्किएको थियो। त्यसपछि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको अर्को बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि सोही बसमा ठोक्किँदा ठूलो दुर्घटना भएको हो

दुर्घटनापछि बस सडकमा पल्टिएको थियो। तत्काल सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण आँपटारीबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update