सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
भरतपुर-सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ २२:१९
प्रतिक्रिया दिनुहोस्


