Mero Chitwan
जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट सहयोग पाइँन : केपी ओली

काठमाडौँ-तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट सहयोग नपाएको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको सोमबारको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएको बताएका हुन् ।

 ओलीले नेपाली सेनाले मानवीय र भौतिक क्षति रोक्ने काम नगरेको आरोप लगाए । भदौ २३ गते जेन-जीको आन्दोलनका क्रममा भएको दमनको निष्पक्ष छानबिन भए त्यसमा सघाउन आफू तयार रहेको बताउँदै ओलीले आफू दोषी देखिए कारबाही भोग्न पनि तयार रहेको जिकिर गरे । 

प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको भन्दै एमाले अध्यक्ष ओलीले त्यसका लागि आफू न्यायिक प्रक्रिया र सडक आन्दोलन दुवैको तयारीमा रहेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update