पर्यटकीय ठमेलमा नयाँ वर्षको स्वागत
शुक्रबार, चैत ३०, २०८०

भाइको हत्या अभियोगमा दाइ पक्राउ
शुक्रबार, चैत ३०, २०८०
शितगङ्गा नगरपालिका १२ रजिया बस्ने राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। विदेश बस्दै आएका जनकराज १ महिनाअघि मात्र घर आएका थिए।

चितवनमा भोलिदेखि वन्यजन्तु सप्ताह
शुक्रबार, चैत ३०, २०८०
चितवनमा भोलि बैशाख १ देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुने भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने खालका गतिविधि आयोजना गरी सप्ताह मनाइँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको हो ।

सरकारको निर्णय : सुन्तलालाई राष्ट्रिय फल घोषणा, संसद् बैठक २ वैशाखदेखि अन्त्य
शुक्रबार, चैत ३०, २०८०
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

डोल्पाको डढेलोमा घाइते बालकको मृत्यु
शुक्रबार, चैत ३०, २०८०
जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

वैशाख १ देखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला हुने
बिहीबार, चैत २९, २०८०
गृह मन्त्रालयको सुझावअनुसार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त रुपमा मापदण्ड बनाएर सुरक्षा व्यवस्था र समाजलाई असर नपर्ने गरी चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्न लागेका हुन् ।

दुग्ध किसानले ४८ करोड पाउन बाँकी, भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी
बिहीबार, चैत २९, २०८०
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ ।

मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु, चितवनका किसानबाट पनि दूध संकलन गरिने
बिहीबार, चैत २९, २०८०
बागमती प्रदेश सरकारकोे ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएपछि केही दिनअघिदेखि परीक्षण उत्पादन सुरु गरिएको हो ।
ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
बिहीबार, चैत २९, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।

किन जाँदैछन् केपी ओली ओलाङचुङगोला ?
बिहीबार, चैत २९, २०८०
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू त्यहाँ जान लागेको उल्लेख गरेका हुन् ।

शैक्षिक सत्रअगावै सबै जिल्लामा पुगे पाठ्यपुस्तक
बिहीबार, चैत २९, २०८०
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

आज इद-उल-फित्र पर्व मनाइँदै
बिहीबार, चैत २९, २०८०
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनाएका छन्। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् ।