Mero Chitwan
१४ फेब्रुअरीमा किन मनाइन्छ भ्यालेन्टाइन डे ?

एजेन्सी–विश्वभर प्रणय दिवसका रुपमा मनाइँदै आएको भ्यालेन्टाइन डेको कथा रोमको सेन्ट भ्यालेन्टाइनसँग जोडिएको छ। रोमन सम्राट क्लाउडियस प्रेमको सख्तविरोधी थिए । किनभने उनी ठान्थे–सैनिकहरू प्रेममा पर्न थाले भने, उनीहरू कामबाट विचलित हुन्छन् र यसले सेनालाई कमजोर बनाउँछ।

यही कारण उनले सैनिकलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए । अर्कोतर्फ, सेन्ट भ्यालेन्टाइनले प्रेमको प्रचार गर्थे। यति मात्र होइन, उनले राजाविरुद्ध गएर धेरैको विवाह पनि गराए ।

सेन्ट भ्यालेन्टाइनले राजा क्लाउडियसको विश्वासलाई मानिसहरूको विवाहको व्यवस्था गरेर गलत साबित गरे, जसका कारण क्लाउडियसले उनलाई मृत्युदण्ड दिए। त्यसपछि १४ फेब्रुअरीमा सेन्ट भ्यालेन्टाइनलाई फाँसी दिइयो र सोही दिनबाट भ्यालेन्टाइन डे मनाउन थालियो । यसै दिनदेखि नै रोमसहित विश्वभर १४ फेब्रुअरीमा प्रेम दिवस मनाउने चलन सुरु भएको थियो, जुन आज पनि जारी छ ।

भ्यालेन्टाइन डेको उत्पत्ति रोमन उत्सवबाट भएको हो। संसारमा पहिलो पटक सन् ४९६ मा भ्यालेन्टाइन डे मनाइएको थियो । यसपछि, पाँचौं शताब्दीमा, रोमका पोप गेलासियसले फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेको रूपमा मनाउने घोषणा गरे। यस दिनदेखि नै रोम लगायत विश्वभर हरेक वर्ष १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डेका रुपमा मनाउन थालिएको हो । यति मात्र होइन, यस दिन रोमका धेरै सहरहरूमा सामूहिक विवाह पनि गरिन्छ।

१९ औं शताब्दिसम्म हातैले लेखिएका भ्यालेन्टाइन कार्ड आदानप्रदान गरिन्थ्यो भने त्यसपछि छापिएका ग्रिटिङ कार्डले स्थान लिन थाले । १९ औं शताब्दिमा भ्यालेन्टान आदानप्रदान गर्ने ठूलो फेसन थियो । अमेरिकाको ग्रिटिङ कार्ड एशोसियसनले विश्वभर १ अर्ब भ्यालेन्टाइन कार्ड आदानप्रदान गर्ने गरिएको अनुमान गरेको थियो ।तर, यो अब डिजिटल कार्डले लिएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update