Mero Chitwan
इतिहासमा आज : प्रख्यात भिडियो शेयरिङ वेबसाइट युट्युबको जन्म, कुन थियो पहिलो युट्युब भिडियो ?

काठमाडौं–आज फेब्रुअरी १४ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

२०१८ : भ्रष्टाचारको आरोप लागेपछि दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले पदबाट राजीनामा दिए । 

२०१९ ; भारतको जम्मूकश्मीरको पुलवामा जिल्लामा आतंकवादी आक्रमण, जसमा ४० रिजर्भ फोर्स मारिएका थिए । 

२००५ : भिडियो शेयरिङ वेबसाइटका रुपमा आजैका दिन स्टीभ चेन, चाड हर्ले र जावेद करिमले यु ट्युब स्थापना गरेका थिए, जुन आज विश्वमा मानव जीवनको अनिवार्य अंग बनेको छ । यसका अहिले मासिक रुपमा १ अर्ब प्रयोगकर्ता छन् । (हेर्नोस् विश्वकै पहिलो युट्युब भिडियो])

१९९१ : ५ वटा एकेडेमी अवार्डविजेता साइकोलोजिकल थ्रिलर द साइलेन्स अफ ल्याम्ब्स अमेरिकी सिनेमा हलहरुमा प्रदर्शन भयो ।

१९८९ : इरानी धार्मिक नेता आयातुल्लाह अलि खमेनीले ‘सटानिक भर्सेज’ जस्ता प्रख्यात उपन्यासका लेखक सलमान रुश्दीविरुद्ध फत्वा जारी गरेका थिए । रुश्दीले इशनिन्दा गरेको भन्दै उनले रुस्दीको हत्या गर्नेलाई पु्रस्कारको घोषणासमेत गरेका थिए । 

१९१२ : एरिजोनाले अमेरिकाको ४८ औं राज्यको मान्यता पायो । 

१८७६ : अलेक्जाण्डर ग्राहम बेलले टेलिफोनको पेटेन्ट दर्ता गराए  । 

सन् २७० : रोमन सम्राटको आदेशविरुद्ध प्रेम र विवादको अभियान चलाएका सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । त्यसपछि आजैका दिन भ्यालेन्टाइन डे मनाउन थालिएको मानिन्छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update