Mero Chitwan
सुनको मूल्य एकैदिनमा प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं : नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ।  मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको मूल्य आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update