मेरो चितवन
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु 
उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु   धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको हो...
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या
गहना र वृद्धभत्ता हात पार्न ८५ वर्षीया हजुरआमाको हत्या झापाको गौरादह नगरपालिकामा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको छ । गौरादह नगरपालिका ७ का १७ वर्षीय धिरज विश्वकर्माले आफ्नै साथीहरुको सहयोगमा ८५ वर्षीय हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेको...
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ
राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ
एन्फालाई कारबाही गर्न निर्देशन
एन्फालाई कारबाही गर्न निर्देशन युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ
९ वर्षीय बालकको अस्पतालमा  मृत्युपछि  आफन्तहरु आन्दोलित
९ वर्षीय बालकको अस्पतालमा मृत्युपछि आफन्तहरु आन्दोलित दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् । 
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
पोखरीमा डुबेर एक बालिकाको मृत्यु जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत
प्रधानमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ सांसदमध्ये १५७ जनाले दाहाललाई विश्वासको मत दिएका हुन् ।
फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित
फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको...
सरकारलाई कांग्रेसको चेतावनी : आगामी दिनमा संसद् सहजै चल्छ भन्ने नसोचे हुन्छ
सरकारलाई कांग्रेसको चेतावनी : आगामी दिनमा संसद् सहजै चल्छ भन्ने नसोचे हुन्छ प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले तत्कालीन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ...
सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ : केपी ओली
सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ : केपी ओली देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए। अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उनले...
निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् : प्रधानमन्त्री
निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् : प्रधानमन्त्री विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफू सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे
रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन  : रेशम चौधरी
रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन : रेशम चौधरी सरकारलाई समर्थन गर्ने विषयमा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले विश्वासको मत पाउने  दिन आज बिहान फेसबुकमा लामो स्टाटस लेख्दै  चौधरीले श्रीमती एवं सांसद रञ्जिताप्रति गुनासो गरेका हुन् । 
बाबुको हत्या अभियोगमा छोरा र बुहारी  पक्राउ
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ बाबुको हत्या गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका दुई जना पक्राउ परेका छन्। बाबु भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको हो
प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो पटक विश्वासको मत लिँदै संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।  बैठक अहिले ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत लिँदै छन्
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आन्तरिक स्थानान्तरण आजदेखि
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आन्तरिक स्थानान्तरण आजदेखि  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका ७ वटा गैँडालाई स्थानान्तरण गरिने छ...
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।
सरकार र आरती साहका परिवारबीच पाँच बुँदे सहमति
सरकार र आरती साहका परिवारबीच पाँच बुँदे सहमति घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ की स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको...
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा चितवनकाे साैराहामा आयाेजना गरिएकाे चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे मंगलबार आयव्याय सार्वजनिक गरिएकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणकाे...
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख लिएर फरार भएका युवक पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख लिएर फरार भएका युवक पक्राउ प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई...