Mero Chitwan
बाबुको हत्या अभियोगमा छोरा र बुहारी  पक्राउ

काठमाडौं : बाबुको हत्या गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका दुई जना पक्राउ परेका छन्। बाबु भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा छोरा र बुहारी जमुना नेपाली रहेका छन्। ५५ वर्षीय भरतबहादुरको गत बिहीबार मध्यरातमा हत्या भएको थियो। उक्त हत्यामा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बाबु छोराबीच २५ गते राति समयमा घरायसी विषयमा विवाद भएको र १७ वर्षीय छोरा युवक र उनकी श्रीमतीले ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए। विवाह गरेदेखि बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update