आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की
शनिबार, कात्तिक २२, २०८२
‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित, ४ घन्टापछि खुल्यो विमानस्थल
शनिबार, कात्तिक २२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा आज ४ घन्टा उडान र अवतरण प्रभावित भयो । साँझ ५ः३० बजेदेखि बन्द भएको विमानस्थल शनिबार राति करिब चार घण्टापछि राति ९:३६ बजे पुनः खुलेको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
शनिबार, कात्तिक २२, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।
चन्द्रागिरि केबलकार शनिबारदेखि पुनः सञ्चालनमा आउँदै
शुक्रबार, कात्तिक २१, २०८२
चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।चन्द्रागिरि हिल्सको सेवा दुई महिनाअघि अस्थायी रूपमा बन्द भएको थियो । केबलकार सेवा पुनः सुरु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त...
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू, ६ महिनाभित्र सबैजनालाई बाँडिसक्ने सरकारको दाबी
शुक्रबार, कात्तिक २१, २०८२
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरू गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि नयाँ लाइसेन्स छाप्न सुरू गरेको हो।
दैलेखमा जिप दुर्घटना हुँदा १५ जना घाइते
शुक्रबार, कात्तिक २१, २०८२
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।
मारमा मौरीपालक किसान
बिहीबार, कात्तिक २०, २०८२
मह उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्ने सरकारको निर्णय किसानको हितमा नरहेको किसानको गुनासो छ ।
दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने
बुधबार, कात्तिक १९, २०८२
दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा, संयोजकमा दाहाल
बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।
कांग्रेसमा झनै चर्कियो महाधिवेशन विवाद, महाधिवेशनका दुई फरक प्रस्ताव पेस
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ ।
प्रचण्डलाई छाडे जनार्दन शर्मा र राम कार्कीले, प्रगतिशील अभियान सुरु
मंगलबार, कात्तिक १८, २०८२
‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ ।
जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट सहयोग पाइँन : केपी ओली
सोमबार, कात्तिक १७, २०८२
कान्तिपुर टेलिभिजनको सोमबारको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएको बताएका हुन् ।
विदेशी मह आयात गर्न दिने सरकारको निर्णयप्रति मौरीपालक किसानहरुको विरोध
सोमबार, कात्तिक १७, २०८२
आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न आज चितवनका मौरीपालक किसानहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।


