Mero Chitwan
बालेन्द्र शाह चुनावी मैदानमा

काठमाडौं । आफ्नो कार्यकालको तीन वर्ष साढे सात महिनापछि काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले आइतबार पदबाट राजीनामा दिनुभएको छ। 

यससँगै आइतबार नै बालेन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीमा आफ्नो प्रवेशलाई औपचारिकता पनि दिनुभएको छ । महानगरका उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएर बालेन्द्र रास्वपा कार्यालय पुग्नुभएको हो। समर्थकको बाक्लो उपस्थितिका बीच पार्टीको वरिष्ठ नेतामा पदबहाली गरेपछि बालेन्द्र आइतबार नै सोमबारका लागि तय सभाका लागि जनकपुर पुग्नुभएको छ।

साढे ३ बजे शाह वनस्थली पुग्नु भएका बालेन्द्रले रास्वपा कार्यालयमा करिब १० मिनेट समय बिताउनुभयो। त्यसबीचमा आफ्ना लागि तयार कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नुभयो । केन्द्रीय कमिटी बैठकमा सुरू हुँदा बालेन्द्र त्यहाँबाट निस्किसक्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update