आईसीसी विश्वकप लिग टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित
आइतबार, कात्तिक १८, २०८१
मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
आइतबार, कात्तिक १८, २०८१
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ ।
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
आइतबार, कात्तिक १८, २०८१
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
भारतमा बस र कार ठक्कर खाँदा २ नेपालीको मृत्यु
शनिबार, कात्तिक १७, २०८१
तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको हो ।
हङकङ सिक्सेस : नेपालद्वारा अस्ट्रेलिया ११ रनले पराजित
शनिबार, कात्तिक १७, २०८१
नेपालले ‘हङकङ सिक्सेस’को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हराएको छ । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो । नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए ।
गैरकानुनी रुपमा सवारी कर नउठाउन ७७ वटै प्रशासन कार्यालयलाई गृहको निर्देशन
शुक्रबार, कात्तिक १६, २०८१
गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात...
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
शुक्रबार, कात्तिक १६, २०८१
एमाले कीर्तिपुर नगर कमिटीको शुक्रबार बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
शुक्रबार तिहारको कुनै पर्व छैन : पञ्चाङ्ग निर्णायक समिति
शुक्रबार, कात्तिक १६, २०८१
औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा...
यी हुन् तिहारमा गुञ्जिने सदाबहार गीत
बिहीबार, कात्तिक १५, २०८१
उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।
देशभर तिहारको झिलिमिली
बिहीबार, कात्तिक १५, २०८१
सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।
तिहारको तेस्रो दिन आज काग तिहार र लक्ष्मीपूजा मनाइँदै
बिहीबार, कात्तिक १५, २०८१
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउछन्...
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने स्वास्थ्य मन्त्रालयको निर्णय
बुधबार, कात्तिक १४, २०८१
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उनले उक्त निर्णय गरेका हुन् ।

-1730525474.jpeg)
