भरतपुर मेयर कप अन्तरविद्यालय फुटबलको उपाधि अमर मावि पटिहानीलाई
                        
                        
                                                
                                             
                                                                    चितवन-भरतपुर मेयर कप अन्तरविद्यालय फुटबल लिगको उपाधि भरतपुर-२२ को अमर मावि पटिहानीले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा विश्वप्रकाश माविलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै अमर मावि च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा अमर माविले बाजी मारेको हो ।
 
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २२:५३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                    
 
                     
                     
                     
                     
                    