Mero Chitwan
कर्मचारीलाई गालीगलोज गर्दै हातपात गर्न खोजिएपछि भरतपुर वितरण केन्द्रले दियो यस्तो चेतावनी

चितवन–नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण कार्यालयमा हिजो राति एक समूहले कर्मचारीमाथि हातपात गर्न खोज्नुका साथै हात हालाहालको स्थिति उत्पन्न भएको छ । 

राति साढे ९ बजे ट्रान्सफर्मरपछिको एलटी एबिसी केबल जलेको निहु“मा एक समूहले कर्मचारीमाथि गालीगलोज गर्नुका साथै हातपात गर्न खोजेको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

केन्द्रले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई धाकधम्की दिने, निहुँ खोज्ने र हात हालाहालको स्थिति सिर्जना गर्ने गरी भएको व्यवहार खेदजनक भएको जनाएको छ । यस्ता गतिविधि अब आइन्दा दोहोरिएमा कानुनबमोजिम कडा कारबाही अघि बढाइने केन्द्रले जनाएको छ ।   
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update