
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेन-जी आन्दोलनका बेला उनलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरी शिवपुरी लगेको थियो ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।
ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य सुधाराेन्मुख रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री राणाको स्वास्थ्य सुधाराेन्मुख रहेको जानकारी दिए । प्रवक्ता बस्नेतले देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको र व्यवस्थापन भएपछि उनीहरू जाने बताए ।
जेन-जी प्रदर्शनका क्रममा आक्रमण हुँदा देउवा दम्पत्ति घाइते भएका हुन् ।