Mero Chitwan
जेन-जी आन्दोलनमा मृत्यु भएकाहरू सहिद घोषित, मृतकका परिवारलाई १० लाख दिइने

काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेका हुन् । 

साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रूपैयाँ राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । 

प्रधानमन्त्री कार्कीले पदभार ग्रहणपछि जनतालाई दिइने सेवा प्रवाहमा गम्भीर हुन मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिए । उनले जेन-जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने पनि बत ाए । 

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै कार्कीले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् । उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्सलगायतका सरकारी कार्यालयहरूमा भएको आगजनी लज्जास्पद भएको पनि बताए। 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update