Mero Chitwan
जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साेमबार बसेको बैठकले आयोग बनाउने निर्णय गरेको बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । तर, आयोगको संरचनाबारे भने टुंगो लागिसकेको छैन ।

यस्तै, मन्त्रिपरिषद्ले केपी ओली नेतृत्वको सरकारले निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।

जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने तथा मृतकको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि सरकारले गरेको छ। मृतकका परिवारलाई जनही १० लाख र अन्य खर्चका लागि ५ लाख गरी १५ लाख दिने र मृतकको सम्झनामा जेन-जी स्मारक पार्क निर्माण गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update