टप एण्ड टी–२० : पाकिस्तान साहीन्ससँग नेपाल १ रनले पराजित
शुक्रबार, भदौ ६, २०८२
२०८१ को मदन पुरस्कार छुदेन काविमोको 'उरमाल' लाई
शुक्रबार, भदौ ६, २०८२
०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएकामा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कार दिने निर्णय गरेको हो ।
नख्खुबाट फर्किएपछि दाहालले भने- रवि लामिछाने दुब्लाएको देखेँ
बुधबार, भदौ ४, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लिपुलेक पासबाट व्यापार खोल्ने भारत-चीनको सहमतिप्रति नेपाल सरकारको गम्भीर आपत्ति
बुधबार, भदौ ४, २०८२
परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको जनाएको हो ।
खैरहनी नगरपालिका चितवन देशकै पहिलो उत्कृष्ट स्थानीय तहका रुपमा छनोट
मंगलबार, भदौ ३, २०८२
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खैरहनी नगरपालिका चितवन देशकै पहिलो उत्कृष्ठ स्थानीय तहका रुपमा छनौट भएको छ ।
बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल
मंगलबार, भदौ ३, २०८२
चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।
किन संकलन गरे कांग्रेस-एमालेले उपसभामुखविरुद्ध हस्ताक्षर ?
मंगलबार, भदौ ३, २०८२
पदीय आचरणअनुसार काम नगरेको भन्दै दुई तिहाइ बहुमत जुटाएर उपसभामुख रानालाई पदबाट हटाउन सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षरसमेत गरायो र दुबै दलका प्रमुख सचेतकहरुलाई बुझाइएको छ । तर उनीहरूले उपसभामुख रानामाथि उठेको विषय संसद्को छलफल प्रकृयामै रहेको भन्दै हस्ताक्षर संकलन भने हटाउनका लागि नगरिएको दाबी गरेका छन् ।
विपिनको रिहाइका लागि मन्त्रालयले अधिकतम कूटनीतिक पहल गरिरहेको छ : मन्त्री राणा
सोमबार, भदौ २, २०८२
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रुपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।
१९ वर्षअघि भएकाे गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चकाे परमादेश
सोमबार, भदौ २, २०८२
र्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश जारी गरेको हो ।
परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट
आइतबार, भदौ १, २०८२
परराष्ट्र सचिव अमृत राईसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् । आइतबार भएको द्विपक्षीय भेटवार्तामा पारवहन, व्यापार, विकास सहकार्यलगायतमा विषयमा छलफल भएको छ ।
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक
आइतबार, भदौ १, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।
बिपिनकी आमाले भेटिन् इजरायली राष्ट्रपति, शिघ्र रिहाइको पहल गरिदिन आग्रह
आइतबार, भदौ १, २०८२
हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी आमा पदमा जोशीले इजरायली राष्ट्रपति आइजोग हर्जोगसँग भेटवार्ता गरेकी छन् ।
दुग्ध किसानले पाएनन् चार अर्ब भुक्तानी, भदौ ४ देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
बिहीबार, साउन २९, २०८२
दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।


