Mero Chitwan
एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै
एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।
चितवनमा थपिए २२ हजार मतदाता
चितवनमा थपिए २२ हजार मतदाता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् । बायोम्याट्रीकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।
एनपिएल : सुदूरपश्चिम र विराटनगरको तेस्रो जित
एनपिएल : सुदूरपश्चिम र विराटनगरको तेस्रो जित कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव  दुई ओभरमा ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ चार विकेट लिए ।
रहेनन् बलिउडका 'ही-म्यान' धर्मेन्द्र
रहेनन् बलिउडका 'ही-म्यान' धर्मेन्द्र बलिउडमा ही-म्यानका रुपमा प्रख्यात दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । दुई साताअघि मात्रै धर्मेन्द्रलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो । 
बाबुराम र जनार्दन फेरि एकै ठाउँमा,  प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
बाबुराम र जनार्दन फेरि एकै ठाउँमा, प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा नयाँ पार्टीमा जेन-जी अभियान चलाइरहेका अगुबामध्येकी एक ओजस्वी भट्टराईसहित दर्जनभन्दा बढी जेन-जी नेताहरू पनि सहभागी भएका छन् । वैचारिक राजनीतिक लाइन भने परिष्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरिएको छ । 
निर्वाचनमा जाने नेपाली कांग्रेसको निर्णय, संसद् विघटन भने अमान्य
निर्वाचनमा जाने नेपाली कांग्रेसको निर्णय, संसद् विघटन भने अमान्य कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो । 
एनपिएल : विराटनगरको दोस्रो जित, कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित
एनपिएल : विराटनगरको दोस्रो जित, कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । 
भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’
भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’ भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ ।
एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो
एनपिएल : सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो नेपाल प्रिमियर लिग (एनपिएल)मा साविकको उपविजेता  सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।  पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेन-जी र स्थfनीय प्रशासन सहमत
सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेन-जी र स्थfनीय प्रशासन सहमत बारा स्थानीय प्रशासन र जेन-जी प्रतिनिधिबीच आज भएको वार्तापछि तीन बुँदे सहमति गरिएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो । 
एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन
एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एनपिएल : लुम्बिनीको विजयी सुरूआत
एनपिएल : लुम्बिनीको विजयी सुरूआत राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । 
Weather Update