कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु, ४८ जना घाइते
शनिबार, साउन २४, २०८२
फिटनेस र फिजिकल टेस्ट गरियो क्रिकेट टोलीको
बिहीबार, साउन २२, २०८२
ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए ।
यी हुन् उच्च अदालतमा नियुक्त २७ न्यायाधीश, को कहाँ भए पदस्थापन ?
बिहीबार, साउन २२, २०८२
परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासमा नियुक्त गरी पदस्थापन गरेको हो ।
भारतको उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता
बिहीबार, साउन २२, २०८२
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ नेपाली नागरिकसमेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् ।
सौराहामा फेला पर्यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’
बुधबार, साउन २१, २०८२
नेपालमा सन् १९७४ पछि यो पुतली यस पटक देखिएको चितवनका पुतली विज्ञ टेकबहादुर गुरुङले बताए । गुरुङसहितको टोलीले मंगलबार मध्याह्न उक्त पुतली देखेको हो । गुरुङको सहलेखनमा गत वर्ष मात्रै फिल्ड गाइड, बटरफ्लाईज अफ चितवन, नेपाल नामको किताब प्रकाशित भएको थियो ।
एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो
बुधबार, साउन २१, २०८२
एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ बराबरीमा सकिएको हो ।
बंगलादेशदेखि काठमाडौंसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा
बुधबार, साउन २१, २०८२
नेपाली, हिन्दी र अंग्रेजी केही पनि नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उहाँ बंगलादेशबाट डा राजीवसँगै उपचार गराउन नर्भिक आउनुभएको रहेछ । उहाँले उपचार गराउने क्रममा आफूले अस्पताल चहारेको सबै कथा सुनाउनुभयो ।
रास्वपामा रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन !
मंगलबार, साउन २०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्।
भारतको उत्तरकाशीमा ठूलो बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता
मंगलबार, साउन २०, २०८२
बाढीले ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको र कम्तिमा ४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदिमा अचानक ठूलो बाढी आएको देखिएको छ । जसले नदीको एक किनारमा रहेका घर र पसलहरु बगाएको देखिन्छ ।
उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भए दुर्गा प्रसाईं
सोमबार, साउन १९, २०८२
अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ ।
कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत उत्तीर्ण
सोमबार, साउन १९, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यो वर्षको परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो अघिल्लो वर्षको नतिजाभन्दा करिब ९ प्रतिशतको सुधार हो । गत वर्ष ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
आइतबारदेखि वर्षाको गतिविधि बढ्ने, मधेशमा मनसुन थप सक्रिय हुने
शनिबार, साउन १७, २०८२
जल तथा मौसम विज्ञान विभागले न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ । यो क्रम आइतबारदेखि झन् बढ्ने विभागको भनाइ छ ।


