कालिका र राप्तीका विपन्न समुदायलाई नि:शुल्क मिटरबक्स वितरण
मंगलबार, असार १७, २०८२

एसीसी मेन्स यू १६ इस्ट जोन कप : भुटानविरुद्ध नेपालको २९८ रनको शानदार जित
मंगलबार, असार १७, २०८२
रौनक श्रीवास्तवको शानदार शतकको मद्दतमा नेपालले एसीसी मेन्स अन्डर-१६ इस्ट जोन कपमा भुटानविरुद्ध शानदार जित हात पार्दै अपराजित रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यस जितसँगै शतप्रतिशत नतिजा...

असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
मंगलबार, असार १७, २०८२
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद
सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
-1751305437.jpeg)
१४ औं महाधिवेशन नियमित समयमै गर्न कांग्रेसमा नेतृत्वलाई दबाब
सोमबार, असार १६, २०८२
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नियमित समय २०८२ मंसिरमै गर्न नेतृत्वलाई दवाव परेको छ । नेता शेखर कोइरालाले नियमित समयमा नहुने हो भने त्यसको चित्तबुझ्दो कारण सभापति र पदाधिकारीले दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकलाई सहायताका लागि विश्व समुदायलाई आह्वान
सोमबार, असार १६, २०८२

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित, के-के छन् मुख्य व्यवस्था ?
आइतबार, असार १५, २०८२
प्रतिनिधिसभाबाट पारित यो विधेयकले मुलुकमा सङ्घीयता लागू भएपछि झण्डै १० वर्षसम्म देखिएका प्रशासनिक चुनौतीहरुलाई चिर्नेछ। सङ्घीयतामा प्रशासनको उचित व्यवस्थापन भई संविधानको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई लामो समयसम्म रौँ चिरा छलफल गरी सर्वसम्मतीले पारित गरेको थियो।

एएफसी महिला एसियन कप छनोटमा लाओसमाथि नेपालको ९–० को शानदार जित
आइतबार, असार १५, २०८२
यससँगै अग्रता बनाएको नेपालले पहिलो हाफको अन्तिम समयमा दोस्रो गोल गर्यो । यस पटक सरू लिम्बूले निकालेको पासमा अनिताको आकर्षक क्रसलाई स्किपर सावित्राले ६ यार्ड बक्सबाहिरबाट शानदार हेडर गरिन् । योसँगै पहिलो हाफमा नेपालले २-० को अग्रता बनाएको थियो ।

माधव नेपालबारे सार्वजनिक रुपमा नबोल्न पार्टीका नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
आइतबार, असार १५, २०८२
महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकिएको भन्दै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री ओली स्पेन प्रस्थान
शनिबार, असार १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।

सक्रिय राजनीतिमा फर्किएको विद्या भण्डारीको घोषणाले एमालेमा तरंग
शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । सात वर्ष राष्ट्रपति भएर बाहिरिएको दुई वर्षपछि भण्डारी एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएकी हुन् । मदन भण्डारीकोको ७४औँ जन्मजयन्त्रीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा...

नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए
शुक्रबार, असार १३, २०८२
यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यस्तै एक जना विद्यार्थी मात्रै ‘नन ग्रेडेड’ छन् । नारायणी माविले वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयमा ३६ सय विद्यार्थी अध्ययनरत छन...

यसरी हेर्न सकिन्छ एसईईको नतिजा
शुक्रबार, असार १३, २०८२
एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ भने राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।