मनसुन आइतबारसम्म देशभर फैलिने
बिहीबार, असार ६, २०८१
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
बिहीबार, असार ६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोेधेका प्रश्नको जवाफ दिँदै उनले टीकापुर घटनामा जनधनको अपुरणीय क्षति भएको बताए ।
भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल
बिहीबार, असार ६, २०८१
चितवनको भरतपुर विमानस्थलमा ८० सिटे जहाजको परीक्षण उडान सफल भएको छ । आज बिहान श्री एयरलाइन्सको क्यु४०० ड्यास८ को जहाज परीक्षण उडान सफल भएको हो।
गृहमन्त्री लामिछानेले चितवनमा भने-जीबी राईलाई मलेसियाबाट छिट्टै नेपाल ल्याइनेछ
बिहीबार, असार ६, २०८१
चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिएका हुन् ।
सर्लाहीको बागमतीमा बस दुर्घटना, तीन जनाको मृत्यु
बिहीबार, असार ६, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
बिहीबार, असार ६, २०८१
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खैरहनीमा चैते धानको उत्पादन वृद्धि
बुधबार, असार ५, २०८१
खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्घि भएको बताए । उनले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाएको जानकारी दिए ।
कालिकाले ल्यायो ८८ करोडको बजेट, चेपाङ तथा विपन्न समुदायको शिक्षा मुख्य प्राथमिकतामा
बुधबार, असार ५, २०८१
चेपाङ बालबालिका तथा विपन्न समुदायलाई नि:शुल्क शिक्षा, खेलकुदको विकास र कृषि उत्पादनमा जोड दिँदै चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बुधबार नगर सभामार्फत् नगरपालिकाले ८७ करोड ७८ लाख ८१ हजारको बजेट सार्वजनिक गरेको हो ।
सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपारिदीनु- डा. अमरेश कुमार सिंह
बुधबार, असार ५, २०८१
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन्
दुधको रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत किसानहरु पक्राउ
बुधबार, असार ५, २०८१
दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै आन्दोलन गरिरहेका दुग्ध किसानलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको लैनचौरमा आन्दोलित किसानलाई प्रहरीले पक्राउ गरेर हाल कालिमाटी लगायतका प्रहरी वृत्तमा राखिएको छ
सुरक्षामा खटिएका एक प्रहरीले आफैँलाई गोली हानेर गरे आत्महत्या
बुधबार, असार ५, २०८१
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन्
बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर
बुधबार, असार ५, २०८१
महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको हो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले सुत्रका आधारमा गरिएको मूल्याङ्कनका आधारमा बजेट विनियोजन गर्न लागिएको हो


